पोखराको मदरल्याण्ड माविलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’

-


     क्लिक गण्डकी     
     श्रावण १ गते २०८१ मा प्रकाशित


पोखराको मदरल्यान्ड माविलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’

पोखराको मदरल्यान्ड माविलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’

पोखरा, १ साउन/ केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुललाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालको शैक्षिक जगतमा एउटा छुटै पहिचान बनाउन सफल मदरल्यान्डलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरिएको हो ।

‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल नाराका साथ स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ ।

विसं २०५१ सालबाट सञ्चालनमा आएको स्कुल भविष्यमा देशको नेतृत्व गर्न सक्ने बलियो जग विद्यार्थीलाई ठानी प्रभावकारी शिक्षा प्रवाह गर्नमा दृढ रहेको सम्मानमा उल्लेख छ ।

शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्डले अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।



Tags: ,