पञ्चासेमा अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन हुने
पोखरा, ६ माघ/ प्रसिद्ध धार्मिक, पर्यटकीय र साँस्कृतिक तीर्थस्थल पञ्चासेमा कुटी रिसोर्ट प्रथम अन्तर्राष्ट्रिय पञ्चासे जैबिक विविधता हुने भएको छ ।
पञ्चासे ईको टुरिजम प्रा.लिको आयोजनामा हुने कार्यक्रममा छिमेकी मुलुक भारत र एसिया क्षेत्रका विभिन्न देशबाट पर्यावरण, प्रकृति र जैबिक विविधता विज्ञहरु सहभागी हुने छन् ।
उनीहरुले जैविक विविधता र संरक्षण विषयमा छलफल गर्ने छन् । सम्मेलनमा भाग लिन एशिसाली विकास बैंकका पूर्व महानिर्देशक तथा लुम्बिनी विकास कोषका सल्लाहकार नोरितादा मोरिता पनि आउने आयोजक संस्थाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।
पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम अन्तर्राष्ट्रिय पञ्चासे जैबिक विविधता सम्मेलन २०८१ बैशाख १, २ र ३ गते अन्नपूर्ण गाउँपालिका ४ भदौरे पञ्चासेमा आयोजना हुने उनले जानकारी दिए ।
कार्यक्रममा स्थानीय होमस्टे फुड स्टल, जैबिक विविधता प्रदर्शनी, पञ्चासे ईको क्याम्प, पञ्चासे साँस्कृतिक झलक प्रदर्शनी, पञ्चासे पर्यावरणीय पदयात्रा तथा हाईकिङ्ग, पञ्चासे योगा तथा मेडिटेसन शिबिर लगायतका कार्यक्रमहरु समाबेश हुने उनले बताए । जैविक विविधता र पर्यावरणीय कुञ्ज पञ्चासेलाई संसारभर चिनाउन र पञ्चासे पर्यावरण, प्रकृति, जैविक विविधता बारे साक्षात्कर गराउन कार्यक्रम आयोजना गरिएको उनले बताए ।
पञ्चासे क्षेत्रमा जैबिक विविधता, पर्यावरण, ग्रामिण पर्यटन, चरा, बन्यजन्तु लगायत अध्ययनका लागि आउँने विश्वभरका अनुसन्धानकर्ताहरुलाई आकर्षित गरि पञ्चासे क्षेत्रलाई पर्यावरण अध्ययनको पाठशालाका रुपमा विकास गर्न कार्यक्रम सहयोगी हुने उनले बताए ।