
डिफेन्डिङ च्याम्पियन एपिएफ तेश्रो पटक टाइगर कप भलिबलको फाइनलमा
पोखरा, ४ माघ/ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी प्रतियोगितामा सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो ।
दोश्रो र तेश्रो संस्करणको च्याम्पियन एपिएफले बिहीबार २ सेटले पछि परेको खेलमा उल्ट्उदै फाइनलमा प्रवेश गरेको हो ।
एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र १५– १३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो ।
त्यसै गरी दोश्रो सेमीफाइनलमा चन्द्रागिरी न्यु डायमण्ड र नेपाल पुलिस क्लबका बिच हुनेछ । पुरुषतर्फ विभागिय टोली नेपाल आर्मी र घरेलु टोली गण्डकी प्रदेश बिच हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छ ।