टाइगर कप भलिबलमा गण्डकीले आज आर्मीसँग खेल्दै

-


     क्लिक गण्डकी     
     माघ ४ गते २०८० मा प्रकाशित


टाइगर कप भलिबलमा गण्डकीले आज आर्मीसँग खेल्दै

टाइगर कप भलिबलमा गण्डकीले आज आर्मीसँग खेल्दै

पोखरा, ४ माघ/ पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ । माघ १ लाइट प्रोस्टेटको कारण स्थगित भएको गण्डकी र आर्मीको खेल आज २ बजे हुन लागेको हो ।

त्यसै गरी पोखरा रंशशालाको भलिबल कोर्टमा महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच खेल भईरहेको छ ।

गत संस्करणमा एपिएफले आर्मीलाई फाइनलमा ३–१ सेटले पराजित गर्दै उपाधि चुमेको थियो । दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५/२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।



Tags: ,