टाइगर कप भलिबलः डिफेन्डिङ च्याम्पियन एपिएफको विजयी सुरुवात
पोखरा, ३ माघ/ पोखरामा जारी टाइगर कप भलिबल प्रयियोगितामा महिला तर्फ गण्डकी प्रदेश बाहिरीएको छ । महिलातर्फ एपिएफ क्लब र गण्डकी प्रदेशका बिच खेल चलिरहदा एपिएफले दुई सेट जिते पछि गण्डकी बाहिरीएको हो ।
महिलातर्फ समूह ए मा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश छन् । यस अगाडीका खेलमा पुलिस र एपिएफले एक एक खेल जितेका कारण सेमिफाइन प्रबेश गरेका छन् ।
पुलिसले गण्डकीलाई सोझो सेटमा जित्दै ३ अंक र एपिएफले पुलिसलाई ३ २ को सेटमा हराउदै २ अंक बटुलेको थियो । गण्डकी अंक बिहिन थियो । अहिले चलिरहेको खेल गण्डकीले जितेमा पनि २ अंक पाउने छ भने एपिएफले दुई सेट जितेर १ अंक पक्का बनाइ सकेको छ ।
बुधबारको दोस्रो खेल न्यू डायमण्ड क्लबले हरियाणा पुलिस क्लबको सामना गर्ने छ । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र श्रीलंका आर्मी टिमका बिच र दोश्रो खेल हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघका बिच हुने छ ।