
भूमि संरक्षणको चिन्ता माधव प्रसाद बरालको ‘भूमि चिन्तन’ मा
पोखरा, २० पुस/ केही दिन पहिलो प्रकाशन भएको माधव प्रसाद बरालको पुस्तक ‘भूमि चिन्तन’ मा देश विकासका लागि भूमिको स्वामित्व सरकारमा हुनु पर्नेमा जोड् दिएका छन् । १८० पृष्ठ लामो ‘भूमि चिन्तन’ पुस्तकमा विभिन्न २४ वटा शीर्षकमा बहसमूलक प्रस्तुति, ९ वटा विचारकहरूको मूल्यांकनलाई समावेश गरिएको छ ।
भूमिप्रति बढ्दै गएको मानवीय अतिक्रमण र अव्यवस्थाले नेपालका सबै राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा पारेको दुष्प्रभावको विश्लेषण गर्दै, विश्वको तथ्यगत सामग्रीहरु पुस्तकमा समाबेश छन् । पुस्तकमा सरकारी स्तरबाट योजना बनाइ वैज्ञानिक भूउपयोग नीति लागू गर्न जोड दिएको छ ।
जमिनलाई सरकारी स्तरबाट सामाजिक व्यवस्था, कार्यालय प्रबन्ध, कृषि प्रयोजन, आकाश क्षेत्र, यातायातको रेखाङ्कन, अद्यौगिक र वन्यजन्तु क्षेत्र, वन झोरा तथा हिमप्रदेश क्षेत्र, जलाशय र नदी नाला समेत छुट्याई भौगोलिक अनुरुप मिलाई सरकारले अधिनस्त गरी सञ्चालन गर्नुपर्ने उल्लेछ ।
यसले गर्दा एक आपसमा खिचातानि प्रति स्पर्धा न हुने र पुस्तान्तर हस्तान्तरका समस्या समाधान हुने भू माफियाको सम्वन्ध सुधार, अनुत्पादन जमिनको प्रगति जस्ता धेरै देशहरुको उदाहरण दिदै, खास प्रमाणले पुष्टि गर्दै समीक्षात्मक भावना प्रस्तुत गर्नु भएको छ ।
नेपालमा कृषि भूमिको पूस्तान्तरण एवम् व्यापारिक प्रयोजनका लागि गरिने खण्डिकरणले उत्पादन योग्य जÞमीनको ह्रास भई खाद्यसंकट उत्पन्न हुने परिस्थिति देखिन्छ । भएका जमिन पनि बाँझा हुने र विदेशबाट अन्न भित्राएर खानु पर्ने बाध्यता देखीको अहिलेका परिस्थितीलाई पनि उल्लेख गरिएको छ ।
यो त विश्व मण्डलमा पञ्च प्रकृति मध्ये सारभूत आधार जमिन पृथ्वीलाई मानिन्छ । त्यस पछि पानी प्रकाश वायु र आकाश मान्दछन् । (तन्माता पृथिवी तस्यिता धौ) ऋगवेद । पृथ्वी संसार विश्व प्राणीको आधारभूत आमा हुन् । आकाश व्रह्माणडको पिता मानिन्छ । जन्म दिने सम्पूर्ण आमाको आमा मानिन्छ । चौध रत्नहरु दश सर्वौषधि, नौ अलङ्कार, आठ प्रकारका न्याय विशेष, सात रङ्गछ रस, पाँच धातु चार वेद र चार दिशा तीन शक्ति, दुई सृष्टिकर्ता, मानसिक तैजस शक्तिवाट उत्पन्न महर्षिहरु चौरासी लाख जीवात्म प्राणीहरुको उत्पादन गर्न आमा सर्जक हुन् । सौन्दर्यकी खानीहरु प्रतिमूर्ति हुन् । भनिएको छ ।
सरकारी स्वामित्वमा रहेको जग्गा समेत अपचलन भई व्यक्तिगत नामसारी गर्ने, लालपूर्जा प्राप्त गर्ने, नीतिगत भ्रष्टाचार गर्ने जस्तो परिदृश्यले भूस्वामित्व परिवर्तन भन्दा वैज्ञानिक भूउपयोग नीति अवलम्बन गरी उत्पादन र उत्पादकत्व बढाउदै देश विकास गर्न सक्नु पर्ने पुस्तकमा उल्लेख छ ।
सबै कृषियोग्य जमीनको सरकारबाट संरक्षणका लागि प्लटिङ गर्ने प्रचलनलाई निस्तेज गर्ने, स्थानीय स्रोत र कृषिमा आधारित उद्योग सञ्चालन गर्ने, स्वदेशमै रोजगारका अवसर सृजना गरी यूवा पलायन हुनबाट रोक्न सरकारले कदम चाल्नु पर्ने उल्लेख छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकको मुल्य ४ सय रुपैया रहेको छ ।