
शेरबहादुर देउवा
पोखरा, ९ माघ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी नबन्ने बताउदै जनताको मन जित्ने काम गर्न आग्रह गरेका छन् ।
कास्की जिल्ला सम्मेलनको पोखरामा उद्घाटन गदै सभापति देउवाले जनतानै देशको मालिक भएका कारण जनतामा जान कार्यकतालाई आग्रह गरे ।
उनले अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले गठबन्धन बनाउनु बाध्यता रहेको बताए । कार्यक्रममा गठबन्धन गर्न नहुने आवाज उठे पछि देउवाले गठबन्धन नगरीकन जित्ने पार्टी बनाउन आग्रह गरे ।
‘हाम्रो पार्टीमा समस्या छ, गठबन्धन नगरीकन जित्ने पार्टी बनाउनुहोस् न त । गठबन्धन नगरीकन यो पार्टी बलियो बनाउनुनोस् त गठबन्धन नगर्ने हो भने यो पार्टीलाई बलियो बनाउ के भो त ‘म पनि खुशी हौलानी गठबन्धन नभए त ।’ तर, गर्ने के हो पार्टीले जित्न पर्यो नी ।’
संसार भरिनै अहिले सत्ताको लागि मारामार छ, चुनाव भनेको त्यही त हो नी । चुनाव भनेको जित हार हुन्छ अर्कै कुरा हो । सबै भन्दा ठुलो कुरा जनता हो सार्वभौम सक्ता सम्पन्न जनता हो । जसले जनताको सेवा गर्छ जो जनताको प्रिय हुन्छ उसैले जित्छ ।





