पोखरामा जुवातास खेलिरहेका ८ जना नगद १ लाख सहित पक्राउ

-


     क्लिक गण्डकी     
     मंसिर ९ गते २०८० मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, ९ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडी प्रेम बहादुर कार्कीले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको ८ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजार गएको टोलीले जुवा तास खेलिरहेका ८ जनालाई ५२ पत्ति तास र नगद १ लाख ५ हजार ५ सय ६० सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

१ जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं।१३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा। १४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडि प्रज्वल प्रतिक खाजा घर संचालन गरी बस्ने बर्ष ४५ को प्रेम बहादुर कार्की ।
२ जिल्ला ललितपुर स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा।१४ चाउथे बस्ने बर्ष २९ को उत्तम बयलकोटी ।
३ जिल्ला लम्जुङ शुक्लागण्डकी न।पा। वडा नं।३ घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा।१४ चाउथे बस्ने बर्ष ३४ को महेन्द्र बहादुर भुजेल ।
४ जिल्ला कास्की पोखरा म।न।पा।२२ पुम्दी(भुम्दी बस्ने बर्ष ३५ को तेजराज बराल ।
५ जिल्ला मोरङ बेलबारी न।पा।९ घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा।१४ चाउथे बस्ने बर्ष ३३ को अर्जुन पौडेल ।
६ जिल्ला सप्तरी कञ्चनपुर न।पा।७ घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा।१४ चाउथे बस्ने बर्ष ३५ को राकेश चौधरी ।
७ जिल्ला कास्की पोखरा म।न।पा।४ सिदार्थचोक बस्ने बर्ष ५२ को कमलराज लामिछाने ।
८ जिल्ला चितवन भरतपुर म।न।पा। वडा नं।९ घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा। १४ चाउथे बस्ने बर्ष ५२ को एक बहादुर गुरुङ ।



Tags: