
जुवा तास
पोखरा, ७ मंसिर/ पोखरा महानगरपालिका २२ चिसाखोला स्थित भेष बहादुर गुरुङको घरमा कोडा खेल्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा आँगनमा कौंडा खेलेको भन्ने सूचनाको आधारमा प्रहरी टोली पुगेर ६ जना सहित नगद ८२ हजार ८ सय २५, १६ थान कौडा सहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए ।
प्रहरी आएको थाहा पाएपछि जुवा खेल्ने मानिसहरु भाग्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।
भेषको घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको लाईसेन्स नभएको २२ हर्नेट, ऐको गोली २४ राउण्ड र ऐको म्यागजिन १ थान फेला परेको उनले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





