
प्रकाश घिमिरे
पोखरा, १० कात्तिक/ अभिनेता प्रकाश घिमिरेलाई घाइते भएका छन् ।
भिरबाट लडेर घाइते भएका उनको पोखराका मणिपाल अस्पतालमा उपचार भईरहेको छ । उनको थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुदैछ रहेको परिवारले जनाएको छ ।
गाईलाई घाँस काट्न गएका बेला शुक्रबार बिहान भिरबाट लडेर उनी घाइते भएका थिए । चिकित्सकले थप उपचारका लागि काठमाडौं लान सुझाएका पछि काठमाडौं लैजान जोगिएको हो ।
उनको टाउकोमा चोट छ । पर्खालको ब्लक समातेर डालेघाँस काट्ने क्रममा एक्कासी ब्लक नै भत्किएर तल खसेर गम्भीर घाइते भएका हुन् ।





