
कास्कीकोटमा दहीको होली
पोखरा, २२ भदौ/ बिहीबार दिउसो पोखरा २४ कास्कीकोटको भाद्रारी चोतारीमा विस्तारै मानिसहरु जम्मा हुन थाले । घर घरबाट दहि ल्याएर भाडामा राख्दै भजन कृतन गर्न थाले । कोही श्रीकृष्ण भएका थिए । कोही राधा कोही कंश भएका थिए । कोही दहि एक आपसमा छेपा छेप गर्दै थिए त कोही दहि खादै थिए ।
ऐतिहासीक स्थल कास्कीकोटमा श्रीकृष्ण जन्माष्ठमीको अवसरमा दहीको होली खेलिएको हो । भगवान श्रीकृष्णको जन्म भएको भोलीपल्ट परापूर्व कालदेखि नै कास्कीकोटमा दही जात्रा हुँदै आएको गुप्तकाली काश्यप धार्मिक क्षेत्रविकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए ।
दहि जात्रामा विभिन्न सांस्कृतिक झाँकी वाजागाजा भजन कृतज समेत निकालिएको समितिका सचिव त्रिपाठीले बताए । कास्कीकोटको भाद्रारी चौतारामा परापुर्व कालदेखि दहिको जात्रा गर्ने गरीएको त्रिपाठीले बताए ।
दहि छेपा छेप गर्नु अगाडी भाद्रारी चौतारकोमा रहेको चापको रुखलाई श्रीकृष्ण मानेर अन्य देवि देवताहरुको पुजा गर्ने प्रचलन रहेको छ ।
त्रिपाठी, रानामगर, दुवाडी र अधिकारीले दहिले विभीन्न क्षेत्रपाल ,चण्डी ,वराहा ,वहासा, मनकान्छी लगाएत मन्दिरमा दहिले पुजा गर्दे हिड्ने प्रचलन रहेको त्रिपाठीले बताए । करिव २ किलोमीटरको यात्रामा जात्रा गरेर वास्पानी कालीका मन्दिरमा विधीवत रुपमा जात्रा समापन हुने वास्पानी कालिका मन्दिरमा पुजारी तथा जात्राका कर्ता टिका पुरीले बताए ।
दही जात्रा सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले सञ्चालन गर्दे आएका छन् ।हिन्दु धर्मालम्वीहरुले श्रीकृष्णको जन्म भए पछि दहि जात्रा गर्ने प्रचल रहेको छ । त्रिपाठीका अनुसार दहिको जात्रा नेपालका ३ स्थानमा मात्र हुने गरेको छ । विरगन्ज ,पाल्पा र कास्कीकोटमा मात्रै श्रीकृष्णको जन्म भए पछि दहिको जात्रा निकाल्ने गरीन्छ ।
जात्रा संरक्षण तथा प्रवद्र्धन गर्न पोखरा २४ वडा कार्यालयले सघाउने वडाध्यक्ष भरतबहादुर अधिकारीले प्रतिवद्धता जनाएका छन् । अधिकारीले विगत वर्षहरु भन्दा यस वर्ष जात्रा अझै व्यवस्थीत भएको बताए ।
ऐतिहासिक स्थल कास्कीस्कोट दरवार , कश्यप धाम र सरुन खेल लगाएत जात्रा तथा मेलाहरुमा क्षेत्रधार्मीक क्षेत्र विकास समिति र कास्कीकोट सम्पदा संरक्षण समितिको सक्रियतामा रहदै आएको छ ।





