मालपोत कार्यालय कास्की
पोखरा, ३ बैशाख/ भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल बारे छानबिन गर्न निर्देशन दिएकी छन् । चलखेल र सेटिङमा काम गरेको भन्ने आरोप आएको भन्दै तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् ।
आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई निर्देशन दिएकी हुन् । मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको पोखराको पब्लिक टेलिभिजनले कार्यक्रमबाट सार्वजनिक भएको थियो ।
सोही घटनाको बिषयमा थप सत्यतथ्य छानबिन गरी विभागीय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले कास्की मात्रै हैन् अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरुको अबस्था र समस्याका बिषयमा अध्ययन गरी रिपोर्ट पेश गर्न उनको निर्देशन छ ।