जापानी रंगमञ्चमा नेपाली नाटक इम्ब्रियोनिक मञ्चन हुने

-


     क्लिक गण्डकी     
     चैत्र १९ गते २०७९ मा प्रकाशित


जापानी रंगमञ्चमा नेपाली नाटक इम्ब्रियोनिक मञ्चन हुने

जापानी रंगमञ्चमा नेपाली नाटक इम्ब्रियोनिक मञ्चन हुने

पोखरा, १९ चैत/ पोखरा स्थित ईन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिबार र ९ तारिख आईतबार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने ईन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।

मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहार मध्ये एक हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने मर्ने जाने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकठ्ठामा व्यस्त छन् । उनीहरु आफ्नै शरीरका हरेक अङ्गसँग बेखबर छन् । यसै विषयलाई नाटकको विषय बस्तु रहेको पौडेलले बताए ।

आफ्नै मुटु सँग बेखबर छन जो मानिस भ्रूण देखी मृत्यु शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ । यो कलाले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाई छ । जीवन बाँच्ने फरक विल्कुल फरक तरिका रहेको नाटका निर्देशक र अभिनेता समेत रहेका पौडेलले दावी गरे । यसले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षगाथा बताइरहेको छ । नाटकमा पौडेल सँगै, कपिल शर्मा र दिपेन्द्र पौडेलको पनि अभियन रहेको छ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङ्ले संगीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।

२०२२ मार्च महिनामा इटालीस्थित पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, संगीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदार नाथ पौडेलले सहभागिता जनाएका थिए ।

कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्य अनुसार यो नाटक तयार पारेको उनले बताए । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति इम्ब्रिओनिक तयार भएको उनको भनार्य छ । यो नाटक २०७९ श्रावण ६ गते ढिकीडाँडा रिसोर्ट, घार्मीमा प्रदर्शन गरिएको थियो । २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेष्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो ।

त्यसै गरी काठमाडौंको मण्डला थिएटरमा भएको नेपाल इण्टरनेशनल थिएटर फेष्टिभलमा पनि प्रर्दशन भइसकेको छ । इन्द्रेणी थिएटरको स्थापना बिसं २०७६ मा भएको हो । स्थापनाकाल देखि हालसम्म संस्थाले नाटक तथा साहित्यका अन्य बिधाहरुमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ ।



Tags: ,