एशिया कप ट्रायथोलनको उपाधि लम्जम्बर्गका हलेर र महिला तफ स्लोभाकियाकी बिकानोभाललाई

-


     क्लिक गण्डकी     
     चैत्र १८ गते २०७९ मा प्रकाशित


एशिया कप ट्रायथोलनको उपाधि लम्जम्बर्गका हलेरलाई । तस्बिरः सुर्दशन रन्जित

एशिया कप ट्रायथोलनको उपाधि लम्जम्बर्गका हलेरलाई । तस्बिरः सुर्दशन रन्जित

पोखरा, १८ चैत/ तेस्रो एशिया ट्रायथोलन कपको उपाधि पुरुष तर्फ लक्जम्बर्गका बब हलेरले जितेका छन् । उनले ५५ मिनेट ५५ सेकेण्डमा पौडी, साईक्लिङ र दौड पुरा गर्दै च्याम्पियन बनेका हुन् । स्प्रिन्ट विधा तर्फ आयोजित प्रतिस्पर्धामा उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ केवल दुुई सेकेण्डले पछि पदैै उपविजेता बने । उनले ५५ मिनेट ५७ सेकेण्डको समयमा पुरा गरे ।

नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा भएको प्रतियोगितामा खेलाडीले ७ सय ५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड पुरा गरेका छन् । स्प्रिन्ट विधाको ट्रायथोलनमा लक्जम्बर्गकै स्टेफन जेचसले दुरी पुरा गर्दैै तेस्रो स्थानमा चित्त बुझाए । चौथो स्थानमा जापानका क्यातारो यासिकावा, पाँचौ स्थानमा न्युजिल्याण्डका अलिभर लार्कोम्बे आए ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए । साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा भारतीय भारतीय खेलाडी आदर्श सिनिमल, पहिलो, भारतकै विश्वनाथ यादव दोस्रो, नेपालका बसन्थ थारु तेस्रो स्थानमा चित्त बुुझाए । चौथो स्थानमा नेपालकै दिपेश चौधरी आए ।

राष्ट्रिय तर्फको प्रतिस्पर्धा बसन्त थारु, दिपेश चौधरी र मौलिक महर्जन क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । जुनियर पुरुष तर्फको प्रतिस्पर्धामा प्रथम, द्धितीय र तृतीय भारतका खुुन्द्राकपाम नाङ्बा, पार्थ मिराज र सिदार्थ सुधिरले उपाधि जिते । नेपालका यजु महर्जन चौथो स्थान प्राप्त गरे ।

महिला तर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले उपाधि जितिन् । उनले १ घन्टा ४ मिनेट ५१ सेकेन्ड समयका पुरा गर्दै उपाधी जितेका हुन् । महिला तर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोश्रो र तेश्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनट ३० सेकेन्डमा दुरी पुरा गरे । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौ स्थानमा जापानकी युका सातो रहे । मानाकले १ घन्टा ६ मिनट ४ सेकेन्ड र सातोले १ घन्टा ७ मिनट ३७ सेकेन्डमा दुरी पुरा गरे ।

४२ सय डलर कुल पुरस्कार राशी रहेको ट्रायथोलनमा महिला/पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गरेका छन् । यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।



Tags: ,