जसले मृत्युलाई जितेर फिर्किए

-


     क्लिक गण्डकी     
     चैत्र ८ गते २०७९ मा प्रकाशित


माधवप्रसाद बाँस्तोला “मधु”

माधवप्रसाद बाँस्तोला “मधु”

रवीन्द्र माकाजू
पोखरा महानगरपालिका वडा नम्बर ११ का पूर्व वडाध्यक्ष माधवप्रसाद बाँस्तोला “मधु”लाई धेरैले मृत्युलाई जित्न सक्ने भाग्यमानी कालजयी मान्छेको रूपमा श्रद्धाभाव व्यक्त गर्ने गर्दछन् । जो नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनमा सहभागी भै काठमाडौंबाट पोखरा फर्कने क्रममा त्रिशुलीमा भएको जीप दुर्घटनामा भाग्यले बाँच्न सफल भए । जुन बेला उनी दुर्घटनामा परे । अर्धचेतन अवस्थामा थिए । उनी ती पुराना दिन स्मरण गर्दै भन्दछन्– मलाई घटनास्थलबाट उद्धार हेतु भरतपुर लगियो । त्यहाँबाट काठमाडौं पु¥याइयो ।

त्यत्रो ठूलो दुर्घटनाबाट बच्नु स्वयंमा मेरो लागि अहोभाग्य थियो । बास्तोलाले भने– त्रिशुलीमा सो दिन भएको घटनालाई सबैले सार्वजनिक गरिसकेका थिए । उक्त दिन पोखरामा अवस्थित एफ।एम।हरुले यो खबर प्रसारण गर्ने क्रममा मेरो नाम पनि मृतकका सूचीमा हालेका रहेछन् । वास्तवमा त्यत्रो ठूलो दुर्घटनाबाट बच्नु स्वयं भगवानको असिम कृपा थियो । उक्त घटना पोखरा भरी आगो झैं फैलिएको थियो । सर्वत्र शोकको लहर थियो ।

उक्त घटनामा युवराज पहारी, वडा नं। ४ का पूर्व वडाध्यक्ष कृष्णप्रसाद पराजुली, वडा नं। १० का तेजप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते अवस्थामा जोगेन्द्र बाटाजू, मदनबहादुर खत्री क्षेत्री र मेरो उद्धार भएको थियो । केही समयपछि घाइते जोगेन्द्र बाटाजूको उपचारको क्रममा देहावसान भएको थियो ।

मेरो अवस्था पनि सामान्य थिएन । १०/१२ ठाउँमा हड्डी भाँचिएको, साह्रै कमजोर अवस्थामा थिएँ । बाँच्छन् भन्ने आशा कोही कसैमा थिएन । सबैतिरबाट सहानुभूति मात्रै आइरहेको पाएँ । तर जे होस् करिब १ वर्षको औषधोपचार पछि म सामान्य अवस्थामा आउन सफल भएँ । त्यसबेला हाम्रो अवस्था हेर्न र सद्भाव व्यक्त गर्न प्रायः सानाठूला नेताहरु आएको म सम्झन्छु ।
त्यसबेलाको घटना सम्झदा ठूलो पिडा महसुश हुन्छ । आफ्ना हितैषी मित्रहरु गुमाउनु प¥यो । म र मदनबहादुर खत्री क्षेत्री भाग्यले बाँच्न सफल भएका छौं । वास्तवमा यो नाफाको जिन्दगी हो ।

लाग्छ– यो जीवन मेरा लागि होइन, अरूका सेवाका लागि हो । त्यसैले यो जीवनबाट अरूको सेवा हुन सके, अरूलाई खुसी दिन सकिए जीवन धन्य हुने थियो । पार्टीले उपचार खर्च भनेर त्यसबेला २५ हजार दिनु खोजेका थिए । मैले अरू साथीहरुको उपचारमा सहयोग पुगोस् भनेर लिइँन ।

मैले नेताहरुसँग आफ्ना लागि केही मागिन । भगवानले मलाई एक माना खाने व्यवस्था गरिदिएका छन् । बास्तोलाले भने– मलाई कहिलेकाँही लाग्छ– यत्रो ठूलो घटना, दुर्घटनामा परेर ज्यान गुमाउने सहयोद्धामा लागि केही गर्न पाए हुन्थ्यो, तर जे होस् पार्टी भित्र यी साथीहरुका नाम आदर, सम्मानपूर्वक लिएको देख्दा सन्तोष नै लाग्छ । मैले पदका खातिर नेताहरुको चाकडी गरिन । मलाई यो चाहियो, त्यो चाहियो भनेर कसैसँग गुनासो गरिन । जे ग¥यो निस्वार्थ भावले ग¥यो । सायद मेरो मूल्याङ्कन ईश्वरले गरेका छन् । त्यसैमा म सन्तुष्ट छु । म बाँच्न पाउनु पनि ईश्वर कै कृपा हो भन्ठानेको छु ।

नेपाली काँगे्रस कास्कीका एक निष्ठावान नेताका रूपमा परिचित माधवप्रसाद बाँस्तोला “मधु” अहिले नेपाली काँगे्रस गण्डकी प्रदेशका प्रवक्ताका भूमिका बहन गर्दैछन् । यस अघि उनी पोखरा वडा नं। ११ का सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय सभापति, महासमिति सदस्यको जिम्मेवारीपनि कुशलतापूर्वक निर्वाह गरेका थिए ।

वि।सं। २०२२ साल चैत्र ५ गते पोखराको फूलबारीमा जन्मिएका बास्तोलाका बाबु चन्द्रकान्त जो शिक्षक थिए । माधव बास्तोला विद्यार्थी हुँदा देखि नै नेपाल विद्यार्थी सङ्घ मार्फत राजनीतिमा लागे । ०४२ सालमा पार्टी प्रवेश गरे र ०५४ सालमा वडा नं। ११ का वडाध्यक्ष बने । बास्तोला शिवशक्ति स्कुल र क्याम्पस सञ्चालक समितिका अध्यक्ष पनि बने । फूलबारी क्लबका संस्थापक अध्यक्ष मधुको विवाह ०५३ सालमा सरस्वती बरालसँग भएको थियो भने उनीहरुका १ छोरा र २ छोरी छन् ।



Tags: