सांसद भण्डारीलाई थप उचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

-


     क्लिक गण्डकी     
     फागुन ४ गते २०७९ मा प्रकाशित


चन्द्र भण्डारी

चन्द्र भण्डारी

काठमाडौं, ४ फागुन/ नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ ।

बुधबार राति ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए ।

हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने तयारी भएको हो ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।



Tags: