#चन्द्र भण्डारी

ग्याँस सिलिण्डर विस्फोट हुदाँ घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

हरिकला भण्डारी
काठमाडौं, ४ फागुन/ ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी नेपाली काग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी घाइते भएका थिए । सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने तयारी भएको छ । बुधबार राति ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । पुरा पढौ

सांसद भण्डारीलाई थप उचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

चन्द्र भण्डारी
काठमाडौं, ४ फागुन/ नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार राति ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने तयारी भएको हो । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् । पुरा पढौ