सार्वजनिक विदा न्युनिकरण गर्न सरकारलाई सांसद थापाको ध्यानार्कषण

-


     क्लिक गण्डकी     
     फागुन ४ गते २०७९ मा प्रकाशित


विन्दु कुमार थापा

विन्दु कुमार थापा

पोखरा, ४ फागुन/ गण्डकी प्रदेश सरकारका सांसद एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक विदालाई न्युनिकरण गर्न सरकारलाई ध्यानार्कषण गराएका छन् ।

बुधबार सदनमार्फत उनले ध्यानार्कषण गराएका हुन् । प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलिरहेको उल्लेख गरे ।

‘नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलेको छ । जसको न्युनिकरण हुनुपर्ने आवश्यकता छ । कुनै दिन विशेष दिवसमा सार्वजनिक विदा दिएर मात्र कसैको सम्मान तथा मर्यादा हुन्छ भन्ने भाष्य हामीले निर्माण गर्दै गयौं भने हामी कहाँ पुग्छौं?’,उनले भने ।

फागुन महिनामा मात्रै १० दिन सार्वजनिक विदा हुँदा सर्वसाधारणहरु मारमा परेको अभिव्यक्ति उनको छ । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विनास मात्रै गर्ने विकास नगर्ने हुँदा घटाउनुपर्ने उनले बताए ।

‘सार्वजनिक विदा एक किसिमको अघोषित नेपाल बन्द जस्तै हो । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विकास होइन विनास गर्छ । विदालाई न्युनिकरण गर्न सभामुख र प्रदेश सरकार मार्फत संघीय सरकारलाई ध्यानार्कषण गराउँछु ।’,उनले भने ।



Tags: