मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु

-


     क्लिक गण्डकी     
     मंसिर २३ गते २०७९ मा प्रकाशित


मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु

मणिपाल शिक्षण अस्पताल

पोखरा, २३ मंसिर/ पोखराको मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी भेट्न गएकी पोखरामहानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी उनी तेस्रो तलाबाट खसेकी हुन् ।

अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको कुरुवाका लागि गएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको प्रहरीले जानकारी दिएको छ ।

टाउको र शरिरका विभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएकी थिइन् । घाईते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई ।



Tags: