पोखरामा ‘रोटे पिङ’बाट खसेर चार जना घाइते

-


     क्लिक गण्डकी     
     मंसिर १९ गते २०७९ मा प्रकाशित


रोटे पिङ

रोटे पिङ

पोखरा, १९ मंसिर/ पोखरा नयाँ बजारमा जारी व्यापार मेलामा राखीएको ‘रोटे पिङ’बाट खसेर चार जना घाइते भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापारिक मेलाको बाल उद्यानको ‘रोटे पिङ’ खेल्दा खसेर आइतबार साँझ चार जना घाइते भएका हुन् ।

डब्बा कोल्टिएर पिङ बीचतिर आउँदा आफूहरू खसेको घाइतेको भनाई छ । एक जना पिङकै फलाममा समात्दा भुइँमा खसिनन् । ६ वर्षीय बालिकासहित तीन जना भुइँमा बजारिएको घाइतेले बताए ।

घाइतेमध्ये एक जना युवतीको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट लागेको छ । अन्य दुई महिला र बच्चाको अवस्था सामान्य छ । घाइतेको पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ ।



Tags: