
नेपासामा ‘रैथाने भोजन सप्ताह तथा मःम जात्रा’ शुरु
पोखरा, १० मंसिर/ पोखरा १७ हिमालीटोल स्थीत नेपासा भोजनालयमा सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” शुरु भएको छ । नेपासाले आफ्नो चौथो वार्षिकउत्सवको अवसरमा नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रवद्र्धन गर्न हेतुका साथ आयोजना गरेको हो ।
सप्ताहव्यापी कार्यक्रममा रैथाने परिकारका विभिन्न मेनुहरुमा खानाका पारखीहरु रमाउन सक्ने नेपासाका संचालक एवम कर्याक्रमका संयोजक कुश बहादुर भुजेलले बताए । भुजेलका अनुसार कुनै पनि क्षेत्रको मौलिकता र पहिचानमा स्थानीय खानको पनि महत्वपूर्ण भूमिका हुने र यसलाई ब्राण्डिङ गर्न सके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वसा सहित आयोजित कार्यक्रममा पाक शास्त्री सन्दीप खत्रीले खाना पारखीहरुलाई परिकारको बारेमा जानकारी गराएका छन् ।
खत्रीले रैथाने परिकारहरुमा पूर्वि नेपालका राई लिम्वु जातीका खाना, सून्य क्यालोरीका मःम लोप हुँदै गरेका नेवारी खाना, प्राचिन शासक वर्गका रेसिपी, सिस्नोको आईसक्रिम, सयपत्री फूलको सस लगायतका परिकार भोजना सप्ताहका मेनुमा हुने बताए । यसका साथै क्वाँटी मःम, १५ प्रकारका अन्य मःम, स्पेशल बिबि क्यू लगायतका परिकारहरु रहेका छन् । खत्रीले सधै एउटै मेनुमा रमाइरहेका खाना पारखीहरुले रैथाने भोजना सप्ताहमा फरक स्वादसँगै मौलिक खानाको बारेमा जानकारी लिने अवसर पाएको बताए ।
यसैगरी सप्ताहव्यापी कार्यक्रममा र प्रख्यात सेफहरुको प्रत्यक्ष सहभागितामा रैथाने खानाका परिकारहरु बनाउने र तिनका बारेमा जानकारी समेत दिइएको छ । इभेन्टमा सहभागि हुनेहरुका लागि गोलाप्रथाद्वारा विजेता बन्ने दुई जनालाई लेकसाईडस्थित होटल रानीबन आर्केडमा १ रात दुई दिन खाना बस्नको सुविधा दिईने भएको छ । साथै फेवातालमा डुंगा सयर गराईने भएको छ ।
कार्यक्रम अवधिमा ग्यास्ट्रोनोमी एशोशिएसन अफ सेफ संस्थाले प्रमाण पत्र वितरण गर्ने, उत्तम अभियानको रनिङ टर्च पासको अवधारणा शुरु गर्दै देशका सातै प्रदेशमा रैथाने भोजन सप्ताह सञ्चालन गरिने पाक शास्त्री सन्दीप खत्रीले जानकारी दिए ।





