
खगराज अधिकारी
पोखरा, ९ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् ।
अधिकारीले नेकपा माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी बने ।
अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे । कोइरालाले यस अगाडी गण्डकी प्रदेश सदस्य थिए भने अधिकारी संघिय संसदमा सदस्य थिए ।





