कास्की ३ मा एमालेका दामोदर पौडेलले विजयी

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०७९ मा प्रकाशित


दामोदर पौडेल ‘वैरागी’

दामोदर पौडेल ‘वैरागी’

पोखरा, ९ मंसिर/ कास्की निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ निर्वाचित भएका छन् ।

वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै निर्वाचत भए ।

बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार ५ सय ३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत प्राप्त गरे ।



Tags: , , ,