
प्रकाश बराल
पोखरा, ९ मंसिर/ कास्की ३ ख प्रदेशसभा सदस्यमा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले बिजयी भएका छन् ।
उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई ४ सय ६५ मतले पछि पार्दै विजयी भए । बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गर्दा पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरे ।
राप्रपाका हरिराम भण्डारीले २ हजार ५ सय ६० मत प्राप्त गरे । यो क्षेत्रमा ४८ हजार ८ सय ५३ मतदाता रहेकोमा २८ हजार ७ सय ७९ मत खसेको थियो । त्यस मध्ये १ हजार ६६ मत बदर भएको छ ।





