
प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले अग्रता लिएका छन् ।
उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई ६ सय २८ मतले पछि परेका हुन् । अन्नपुर्ण गाउँपालिका, पोखरा ५, ६ र २२ को गणना गर्दा ६ सय २८ मतले प्रकाशले अग्रता लिएका हुन् ।
प्रकाशले ९ हजार ७ सय १ मत र राजीब पहारीले ९ हजार ६३ मत प्राप्त गरे । अब पोखरा २३ र २४ को मतगणना गर्न बाँकी छ ।





