
प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई पछि परेका हुन् ।
अन्नपुर्ण गाउँपालिका, पोखरा ५ र ६ को गणना १ हजार १ सय १५ पछि परेका बरालले आफैन वडा पोखरा २२ मा पुग्दा अग्रता बनाएका हुन् ।
पोखरा २२ मा २४ सय मत गणना गर्दा १७ सय प्रकाश बराललाई र राजीब पहारीलाई ६ सय मत आएको छ । वडा नम्बर २२ मा १९ सय ५० मत गणना गर्न बाँकी छ ।
प्रकाश बरालले ८ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् । पहारीले ८ हजार ५ सय ५२ मत प्राप्त गरे ।





