
राजीब पहारी
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका उमेद्वार राजीब पहारीले अन्नपुर्ण गाउँपालिका, पोखरा ५ र ६ को गणना गर्दा ८ हजार मतल्याएका छन् ।
उनका निकटतम प्रतिद्धन्दी प्रकाश बरालले ६ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । पहारीले बरालले भन्दा १ हजार १ सय १५ मत बढि ल्याएका छन् । अब गणना गर्न पोखरा २२, २३ र २४ बाँकी छ ।





