विवेक त्रिपाठी
पोखरा, १९ भदौ/ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट युवा नेता विवेक त्रिपाठीले प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका छन् ।
एमाले निर्वाचन क्षेत्र ३ ले आइतबार प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागि निवेदन माग गरेको थियो । कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजनीतिक दलहरुमा समेत एमालेका त्रिपाठी कान्छा पार्टी जिल्ला सदस्य हुन् ।
विद्यार्थी राजनीतिमा समाहित भएका त्रिपाठी भारतीय नाका बन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चमा आएका थिए ।
अनेरास्वियुको इतिहासमा विद्याथीहको हितका लागि अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत हुन् । विद्यार्थी राजनीतिमा उमेर हद लागु गर्नु पर्ने भन्दै उनले विद्यार्थी राजनीतिबाट राजिनामा दिएका थिए ।
एमालेको जिल्लाको १० औँ जिल्ला अधिवेशनमा खुल्ला सदस्य तर्फ चुनाव जितेर उनी सबै भन्दा कान्छो जिल्ला सदस्यमा निवार्चित भएका थिए ।
एमाले निर्वाचन क्षेत्र ३ ले आइतबार प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागि आहवान गरेको क्षेत्रीय संयोजक कर्ण गुरुङले जानकारी दिए । उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न एमालेबाट ९ जनाले आकांक्षा व्यक्त गरेका छन् । देवी सुवेदी जगत विक, गणेश गुरुङ, जगन्नाथ बस्तोला लगाएत रहेका छन् ।