गगन थापा
पोखरा, १५ भदौ/ नेपाली काग्रेसका महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन आवेदन परेको छ ।
कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । समितिले आकांक्षीहरूलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको थियो । थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन दिएका हुन् ।
कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सहमहामन्त्री जीवन परियारसहित १६ जनाको आवेदन परिसकेको छ । ९ जनाले समानुपातिक उम्मेदवार बन्न निबेदन दिएको नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले जानकारी दिए । जिल्ला सचिव ढकालले स्थानीय नेता कार्यकर्ताको चाहना अनुसार महामन्त्री थापालाई कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बनाउन आवेदन हालिएको जानकारी दिए ।
प्रतिनिधि सभा कास्की क्षेत्र न. १ मा नेपाली कांग्रेसकाबाट प्रत्यक्ष तर्फका आकांक्षि
१, कृष्ण बहादुर केसी
२, गुरु प्रसाद बराल
३, सुदिप मोहन भट्टराई
४, जीबन परियार
५, तिलक बहादुर रानाभाट
६, िबश्व घिमिरे
७, वीर बहादुर बुढाथोकी
८, कृष्ण कार्की
९, राम बाबु भण्डारी
१०, डा दीपक सुवेदी
११, होम बहादुर बसेल बिमल
१२, सुनिल गुरुङ्ग
१३, किशोरदत्त बराल
१४, चतुराखर अधिकारी
१५, सरस्वती गुरुङ्ग
१६, गगन कुमार थापा
१७, यज्ञ बहादुर थापा
समानुपातिक तर्फ ः
१, तारानाथ रानाभाट
२, सरस्वती गुरुङ्ग
३, तिर्थ जङ्गली
४, राज कुमार गुरुङ्ग
५, सुर्य प्रसाद भण्डारी
६, खलिल मिया
७, बिन्दु भण्डारी
८, ई राम बहादुर केसी
९, तर्क जङ्ग गुरुङ्ग