पोखरामा हरि भट्टराईले लेखे गान सर्वोत्कृष्ट ‘नास्ट–गान’, जिते पुरस्कार

-


     क्लिक गण्डकी     
     श्रावण १५ गते २०७९ मा प्रकाशित


हरि भट्टराई

हरि भट्टराई

पोखरा, १५ असार/ पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईले लेखेको ‘नाष्ट गान’ सर्वोत्कृष्ट हुदै पुरस्कार जितेको छ । उनले सर्वोकृष्ट नाष्ट गान लेखेवापत ५० हजार नगद पुरस्कार जित्न सफल भएका छन् । उनी पत्रकारिता र कानून व्यवसायमा समेत क्रियाशील छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यसअघि एक सूचना मार्फत् नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तन सम्बन्धी र त्यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्टफुटन हुने गरी नास्ट गान तयार पार्न इच्छुक सर्जकहरूलाई आव्हान गरेको थियो । नास्ट गान लेखनमा देशभरका दर्जनौ स्रष्टाहरुले सहभागिता जनाएका थिए ।

भट्टराईद्वारा रचित नाष्ट गान वरिष्ठ संगीतज्ञ न्हू बज्राचार्यले संगीत दिएका छन् भने उनी समेतका कलाकारले स्वर दिएका छन् । नास्टले हालै सम्पन्न गरेको नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नास्ट गान ‘लञ्च’ गरेका थिए । यद्यपि नास्टले उक्त गीत आम श्रोताको सहज पहुँचमा राखेको छैन ।

पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईद्वारा रचित सर्वोत्कृष्ट ‘नाष्ट गान’
नास्ट–गान
विज्ञान र प्रविधि हो हाम्रो ज्ञानशाला ।
विकास र समृद्धिको ठूलो आधारशिला ।।
अन्तरिक्ष उडानको नयाँ यात्रा भर्दै ।
खोज अनुसन्धानका कृतिहरु छर्दै ।।
यत्रतत्र प्रतिभाकैं कदर गरी गरी ।
प्रविधि र विकासमा भरिपूर्ण पारी ।।
शोधार्थीको कर्मथलो नास्ट हाम्रो शान ।
विश्वभरि फैलिरहोस् जय जय विज्ञान ।।



Tags: