पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला

-


     क्लिक गण्डकी     
     श्रावण ७ गते २०७९ मा प्रकाशित


पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला

पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला

पोखरा, ७ साउन/ व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचारप्रसार, बजारिकरण निकै महत्वपूर्ण हुन्छ । अहिलेको बजारमा डिजिटल मार्केटिङको महत्व बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै पोखरामा शनिबार युनाइट्स नेपालले डिजिटल मार्केटिङ कार्यशाला आयोजना गरेको छ ।

कार्यक्रममा आभास अधिकारी र प्रतिमा भट्टले सहजीकरण गरेका थिए । उनीहरुले डिजिटल माध्यमबाट मार्केटिङका तरिका, अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे प्रकाश पारे । व्यक्तित्व विकास र व्यापार, व्यवसाय प्रवद्र्धनका लागि संगठन निर्माण र परिचालनबारे समेत कार्यशालामा प्रशिक्षण दिइएको छ ।

युनाइट्स नेपालका अध्यक्ष खुसल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ५५ जना सहभागी थिए । क्यान महासंघ सचिव जगन गुरुङले यस खालका कार्यक्रमले युग सुहाउँदो जनशक्ति उत्पादन, आयआर्जन र समृद्धिका लागि सघाउने बताए ।

युनाइट्स नेपालका गण्डकी अध्यक्ष सुनिल पाण्डेले यो क्षेत्रमा डिजिटल माध्यमबाट व्यक्तित्व विकास गर्न चाहनेहरुलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बताए । कार्यक्रममा युनाइट्स नेपालका कार्यक्रम सम्योजक आलोक मल्लले पनि बोलेका थिए ।



Tags: