पोखरामा स्टुडेन्ट वर्ल्ड कन्सल्टेन्सी, निःशुल्क परामर्श दिने
पोखरा, १५ असार/स्टुडेन्ट वर्ल्ड कन्सल्टेन्सीले पोखरामा शाखा खोलेर सञ्चालनमा ल्याएको छ । मंगलवार पोखराको न्यूरोडमा रहेको लाइफ केयर सेन्टर रहेको भवनमा शाखा संचालन सुरुआत गरिएको हो ।
स्टुडेन्ट वर्ल्ड सिड्नी अस्ट्रेलियाका संस्थापक निर्देशक अक्रम मर्दिनीले कन्सल्टेन्सीको पोखरा शाखा उद्घाटन गरे । उनले अस्ट्रेलियाको सिड्नीमा हेड अफिस रहेको स्टुडेन्ट वर्ल्डको नेपालमा पोखरामा मात्र शाखा स्थापना गरिएको जानकारी दिए । उनले सन् २००२ मा अष्टेलीया स्थापना भएको भन्दै त्यही अनुभव नेपालमा बाढ्ने बताए ।
उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका निःशुल्क परामर्श सेवा दिने उद्देश्य सहित शाखा सञ्चालनमा आएको पोखरा शाखाका म्यानेजिङ डाइरेक्टर राजिब गिरीले बताए ।
शुभारम्भ समारोहमा सहभागी विद्यार्थीलाई कन्सल्टेन्सीका संस्थापक निर्देशक अक्रमले उपश्थित बिद्यार्थी तथा अभिभाबकका जिज्ञासाको उत्तर दिएका थिए । उनले आफूहरु नाफामुखि नभई सेवामुखि भएको दाबी गर्दै सत्य तथ्य सूचना लक्षित समूहलाई प्रदान गरि गुणस्तरिय सेवा दिने प्रतिबद्दता ब्यक्त गरे ।
इन्टरनेशनल स्टुडेन्ट एजुकेसन एजेन्ट्स एसोसिएसन अष्ट्रेलियाका कोषाध्यक्ष समेत रहेका अक्रमले नेपाली बिद्यार्थीहरु अस्ट्रेलियामा दोस्रो ठूलो संख्यामा बिदेसी बिद्यार्थीको रुपमा अध्ययन गरिरहेको जानकारी दिदै गुणस्तरिय सेवाप्रतिको प्रतिबद्दताकै कारण पोखराको वस्तुस्थिति र सम्भाबना अध्ययनकालागि आफै बुझ्न आएको जिकिर गरेका थिए ।
उनले भबिष्यमा बिश्वासिलो वातावरण सिर्जना भए नेपाल र अस्ट्रेलियाका बिद्यार्थी बिच “स्टुडेन्ट कल्चर एक्सचेन्ज प्रोग्राम” कार्यक्रम शुरु गर्न पहल गर्ने समेत बताए । पोखरा शाखाका म्यानेजिङ डाइरेक्टर राजिब गिरी बिगत ५ बर्षदेखि स्टुडेन्ट वर्ल्डको हेड अफिस सिड्नीमा एकाउन्ट सेक्सनमा कार्यरत छन् । उनले नेपाल प्रमुखको रुपमा अब काम गर्नेले बताइन् ।