जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय

-


     क्लिक गण्डकी     
     असार १४ गते २०७९ मा प्रकाशित


जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय

पोखरा, १४ असार/ जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो ।

पुस्तकालयको नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णप्रसाद शर्मा, प्राध्यायक त्रय डा.कुसुमाकर न्यौपाने, कपिल अधिकारी र सरोज कोईरालाले संयुक्त रुपमा उद्घाटन गरे ।

आफ्नै पहलमा पुस्तकालय स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए । पुस्तकालयसँगै कफी जोनपनि राखिएको उनले बताए । जहाँ पुस्तक अध्ययन गर्नेहरुले कफीको स्वाद लिन सक्नेछन् ।

समाजलाई प्रहरीसँग जोड्ने उद्देश्यले स्थापना गरिएको पुस्तकालयमा जोकोहि व्यक्तिले त्यहाँ गएर पुस्तक अध्ययन गर्न पाउने थापाले बताए । थुनुवालाई पनि पालैपालो आफूले चाहेको पुस्तक अध्ययन गर्न दिईने एसपी थापाले बताए ।

उनले अहिले पुस्तकालयमा करिब ४ सय पुस्तक रहेको बताए । ‘अहिले पुस्तकहरु कम भए पनि क्रमश थप्दै जाने छौं,’ उनले भने ‘कसैले सहयोगको रुपमा दिन पनि सक्ने छन्, हामी आफैपनि किनेर थप्दै जाने छौं ।’



Tags: ,