‘कविताले नेतृत्व विकास गर्छ’

-


     क्लिक गण्डकी     
     वैशाख ३ गते २०७९ मा प्रकाशित


‘कविताले नेतृत्व विकास गर्छ’

पोखरा, ३ वैशाख/ पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४७ औं शृङ्खला सम्पन्न भएको छ । काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमकामा डा ईश्वरमणि अधिकारीले ‘आफू आजीवन कविताको विद्यार्थी रहने र कवितामा नै समर्पित हुने प्रतिवद्धता जनाए ।’

कार्यक्रमका अर्का अतिथि कवि केशु शर्माले ‘पचासको दशकमा आँफुले समता पहिलो पटक कविता वाचन गरेको अनुवभ सुनाइन् । समतामा कविता वाचन गर्दा गर्दै अहिले आँफु संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेको बताइन् ।’ र यस्को श्रेय पोयुसांपलाई जानेछ भन्दै खुलेरै प्रशंशा गरिन् ।

काव्य सन्ध्याको ३४७ औँ शृङ्खलामा कविहरू त्रिवेणी, मनिषा पौडेल, माधव खतिवडा,अमृता पौडेल, कृष्ण सुवेदि, रोशन तिमिल्सिना, रामजी प्रसाद आचार्य, लिली अधिकारी, प्राञ्जल, शिव त्रिपाठी, प्रकाश ज्ञवालीले आआफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।

परिवारकी साहित्य संयोजक रीता अधिकारी ‘ऋत’ुले स्वागत मन्तव्य सँगै अब आउने शनिबार पोखरामा लोकार्पण हुने अधिकारीको ‘सेल्फ पोट्रेट’ बाट दुइ छोटा कविता वाचन गरेकी थिइन् । संस्थाका अध्यक्ष मोती भुजेलकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहसचिव शिव त्रिपाठीले गरेका थिए ।



Tags:

Krishna Pathak

This will close in 10 seconds