
टिभिएसको अत्याधुनिक सर्भिस सेन्टर पोखराको प्रस्याङमा
पोखरा, १५ चैत/ टिभिएस मोटरसाइकल तथा स्कुटरको अत्याधुनिक सर्भिस सेन्टर पोखरा महानगरपालिका–५ प्रस्याङमा सञ्चालनमा आएको छ । गण्डकी मोटर्स प्रालिले सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष मोहनबाबु खड्का र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले उद्घाटन गरे ।
जगदम्बा मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता बतास व्रदर्स अन्तर्गत गण्डकी मोटर्स प्रालिले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । करिब १४ हजार स्क्वायर क्षेत्रफलमा रहेको सो सर्भिस सेन्टर गण्डकीको प्रदेशकै सबैभन्दा ठुलो र सुविधा भएको दावी कम्पनीको छ । दक्ष टेक्निसियन, पूर्णरुपमा सुसज्जित , ग्राहक लाउन्ज, पर्याप्त पार्किङ्ग स्पेस, ईञ्जिन कोठा, आदि सुविधाले सुसज्जित सो सेन्टरमा एकपटकमा २८ वटासम्म सर्भिस गर्ने क्षमता रहेको बताइन्छ ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुका मन मस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्ट पुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा बढी बिक्री हुने टू–ह्वीलर ब्राण्ड बनेको कम्पनीको दावी छ ।