मुक्तक मञ्चमा आचार्य निर्वाचित

-


     क्लिक गण्डकी     
     फागुन २९ गते २०७८ मा प्रकाशित


पोखरा, २९ फागुन । मुक्तक मञ्चको केन्द्रीय अध्यक्षमा पोखराका रामजीप्रसाद आचार्य निर्वाचित भएका छन् । मुक्तक मञ्चको आर्ठौ अधिवेशन एवं १४ औं साधारण सभावाट अध्यक्ष पदका लागी सर्वसम्मत रुपमा चयन भएका हुन् ।
मञ्चको बरिष्ठ उपाध्यक्षमा श्रीराम अधिकारी (गोर्जे), उपाध्यक्षमा रमा खतिवडा, सचिवमा नवीन भण्डारी, कोषाध्यक्षमा शरणसिंह विश्वकर्मा र सह-सचिवमा भरत पोखरेल र श्रद्धा आचार्य चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा राजेन्द्र विक, मनिषा पौडेल, गौरव ढुंगाना, राजकुमार आचार्य, अम्विका ओझा, बिना बराल, अमृता पोखरेल र सौगात तिमिल्सिना चयन भएका छन् ।