#हेलिकप्टर दुर्घटना

हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाइलट कास्की रुपा गाउँपालिकाका चेतबहादुर

चेतबहादुर गुरुङ
काठमाडौं, २६ असार/ मंगलबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर निधन हुने पाइलट कास्कीको रुपा गाउँपालिकाका चेतबहादुर गुरुङ रहेका छन् । मनाङ्ग हेलिकप्टर दुर्घटनामा रुपा गाउँपालिका ६ मोहरिया घर भई ललितपुर भैसेपाटी बस्दै आएका पाइलट चेतबहादुर गुरुङको निधन भएको हो । हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामजुरामा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया… पुरा पढौ

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
संखुवासभा, २२ वैशाख/ संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युतको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन् । दुर्घटनामा पाइलट, का पाइलट, हेलिको टिम सदस्य छिरिङ भोटे, स्थानिय भबिन गुरुङ र सुरेन्द्र पौडेल घाइते भएका छन् । उनीहरुलाई नेपाल आर्मीको हेलिबाट उपचारको लागि काठमाडौ पठाउने तयारी भएको छ । पुरा पढौ