#श्री एयरलाइन्स

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

श्री एयरलाइन्स
पोखरा, १३ चैत/ श्री एयरलाइन्सले थप दुई जहाज ल्याएको छ । एयरलाइन्सलले ८० सिट क्षमताका दुई जहाज काठमाडौं अवतरण गराएको हो । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा ल्याउने मानन्धरले जानकारी दिए… पुरा पढौ

उडिरहेको श्री एयरलाइन्सको जहाजको ढोका खुलेपछि

श्री एयरलाइन्स
काठमाडौं, २३ जेठ/ काठमाडौंदेखी धनगढीतर्फ उठेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ । उडिरहेको विमानको ढोका आकाशमै खुलेपछि ३० मिनेट काठमाडौं फर्काइएको हो । जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो । भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको हो । विहान ८ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको श्री एयरलाइन्सको २२१ जहाज आकाशमै ढोका खुलेपछि ८ बजेर ३८ मिनेटमा काठमाडौं विमानस्थलमै अवतरण गरिएको विमानस्थल प्रशासनले जनाएको छ । जहाजमा… पुरा पढौ