#शान्ति उदय मावि

पोखरा ३३ को शान्ति उदय माविबाट ल्याप्टप चोरी, चोरी गर्ने ४ जना बालकहरु पक्राउ

पोखरा ३३ को शान्ति उदय माविबाट ल्याप्टप चोरी, चोरी गर्ने ४ जना बालकहरु पक्राउ
पोखरा, ३० वैशाख/ शनिबार राति पोखरा महानगरपालिका वडा नम्बर ३३ बरपाण्डेथुम रहेको शान्ती उदय माध्यामिक बिद्यालयबाट ल्याप्टप चोरी भएको छ । विद्यालयको कार्यालय कोठा, कक्षाकोठा तथा कम्प्युटर ल्याब शाखा तोडफोड गर्ने चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्कुलबाट विभिन्न कम्पनीका ल्याप्टप ११ थान, चार्जर ७ थान, माउस ५ थान समेतका ईलेक्ट्रोनिक डिभाईसहरु चोरी भएको छ । विद्यालयको अन्य ल्याप्टप, कम्प्युटर, सिसि क्यामेरा, सिसिटिभि मनिटर, लाईट, प्रोजेक्टर, साउण्ड सिष्टम स्पीकर कन्ट्रोलर, स्टेशनरी कागजात समेतमा क्षति पुर्‍याएका छन् । ईलाका… पुरा पढौ

शान्ति उदय मावि पोखराको ६३ औं वार्षिकोत्सव

शान्ति उदय मावि पोखराको ६३ औं वार्षिकोत्सव
पोखरा, ४ माघ/ पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालय वरपाण्डेथुम कैलास कास्कीको ६३ औं वार्षिकोत्सव तथा ६४ औं अभिभावक दिवस विविध कार्यक्रमका साथ मंगलवार सम्पन्न भएको छ । विद्यालयको वार्षिकोत्सव ,अभिभावक दिवस तथा नवनिर्मित चारकोठे भवनकोे समेत एक समारोह वीच उद्घाटन गर्दै प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ की सांसद विद्या भट्टराई अधिकारीले विद्यार्थीको सिर्जनशीलता जागृत गराउँदै संख्या भन्दा पनि गुणस्तरका लागि चिन्ता हुनुपर्नेमा जोड दिइन् । कास्की दक्षिणभेगकै शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको यस विद्यालयको गरिमा… पुरा पढौ