पोखरा, २० फागुन/ मार्च १५ देखि १७ सम्म हुने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालबाट मतदान गर्न सकिने छ । मतदानका लागि पोखरा र काठमाडौंमा मतदानस्थल रहने नेपालस्थित रसियाली दुतावासले जानकारी दिएको छ । नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राख्ने रसियाली राजदुतावासका प्रतिनिधि अलेक्जेन्डर इभासेभले जानकारी दिए । पोखरामा मार्च १५ (चैत २) र काठमाडौंमा मार्च १७ (चैत ४ ) का दिन निर्वाचन हुनेछ । कर्मचारी तथा घुमघामका लागि आएका पर्यटकले राष्ट्रपतिका लागि…
पुरा पढौ