#मुस्ताङ

सिएनएनको घुम्नैपर्ने विश्वका उत्कृष्ट २३ पर्यटकीय स्थलको सूचीमा मुस्ताङ

सिएनएनको घुम्नैपर्ने विश्वका उत्कृष्ट २३ पर्यटकीय स्थलको सूचीमा मुस्ताङ
पोखरा, ३१ बैशाख/ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले विश्वका घुम्नैपर्ने २३ उत्कृष्ट स्थानमा मुस्ताङ परेको छ । सिएनएनले शनिबार प्रकाशित गरेको सामग्रीमा भ्रमणमा निस्कन चाहनेले घुम्नैपर्ने सूचीमा नेपाललाई समावेश गरेको छ । कोभिड अघिको तुलनामा ८० प्रतिशत हाराहारीमा घुम्न निस्कनेहरूको संख्या विश्वव्यापी रूपमा बढिरहेको सिएनएनले उल्लेख गरेको छ । मुस्ताङलाई चिनाउँदै सिएनएनले माउन्टेन ट्रेकिङको लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत भएको उलल्ख गरेको छ । मुस्ताङमा छिट्टै ‘सिन्तामणि’ रिसोर्ट खुल्न लागेकाले पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । परम्परागत तिब्बतीयन घरको झल्को… पुरा पढौ

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली
पोखरा, २३ फागुन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन… पुरा पढौ

पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड

पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड
मुस्ताङ, २६ फागुन/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) द्वारा मुस्ताङमा आयोजित स्थलगत भ्रमण, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा पोखरा र मुस्ताङ बीचको पर्यटकीय साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताए । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले पोखराबाट मुस्ताङ पर्यटकीय रुपमा लाभान्वित बन्दै आएको बताउँदै साझेदारीका माध्यमबाट दुबै स्थानका पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । “मुस्ताङका स्थानीयवासी ʿअतिथि… पुरा पढौ