#मापसे

मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाए १० हजार जरिवाना

मापसे
पोखरा, २९ फागुन/ मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउनेलाई १० हजार जरिवाना गर्ने कानुन बनाउन सरकार लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को मस्यौदामा १० हजार जरिवाना गर्ने प्रस्ताव गरिएको हो । मस्यौदामा अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ । अहिले मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पुगेको र कानुनले सहमति दिनेबित्तिकै मन्त्रिपरिषद् लैजाने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मस्यौदामा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई गरिने… पुरा पढौ

गण्डकी प्रदेशमा चाडपर्व सुरक्षा योजना, २८ ठाउँमा मापसे चेकिङ

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच
पोखरा, २ कात्तिक/ गण्डकी प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडी बढेको छ । दसैँ, तिहार, छठलाई लक्ष्त गरेर गण्डकी प्रदेशका २८ ठाउँमा मापसे चेकिङको व्यवस्था गरको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी विनोश शर्माले जानकारी दिए । उनले पोखरा लगातका ठुला सहरहरुमा दुई भन्दा बढि ठाउँ र अन्य जिल्लामा कम्तीमा एक ठाउँमा दैनिक मापसे (मादक पद्धार्थ सेवन) चेकिङको व्यस्था मिलाएको बताए । उनले चार्डपर्वमा बढि मादक पद्धार्थ सेवन बढि हुनेर सवारी दुर्घटना बढि हुने जोखी हुने भन्दै दैनिक चेकिङको… पुरा पढौ

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच
पोखरा, १ कात्तिक/ पोखरामा फेवातालमा डुंगा चलाउने चालकहरूको बुधबार मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड स्थित फेवातालमा डुंगा चालकहरूको मापसे जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । समय समयमा डुंगा दुर्घटना हुने घटनालाई ध्यानमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो । जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले जानकारी दिए । उनले डुंगामा सवार… पुरा पढौ