पोखरा, ७ मंसिर/ बाराही माध्यमिक विद्यालय पोखरा ५, मालेपाटन कास्कीले ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लस्टर स्तरीय यो प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो । कास्की जिल्लाका १५ वटा विद्यालयहरूले यसमा सहभागिता जनाउनेछन्। प्रतियोगिता मुख्यत विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागेको विद्यालय प्रधानध्यापक शिव भण्डारीले जानकारी दिए । विद्यालयका विद्यार्थीहरूको खेलकुदमा अभिरुचि बढाउन र भविष्यका फुटबल खेलाडीहरूको खोजी गर्न महत्त्वपूर्ण…
पुरा पढौ