#पोखरा स्पोर्ट्स अवार्ड

आठौँ पोखरा स्पोर्ट्स अवार्डः वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता (कस कसले पाए अवार्ड)

आठौँ पोखरा स्पोर्ट्स अवार्डः वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता कस कसले पाए अवार्ड
पोखरा २८ वैशाख / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० सम्पन्न भएको छ । पोखरा सभागृह हलमा भव्य समारोहकाबीच शुक्रबार आयोजना भएको अवार्ड कार्यक्रम अन्तरगत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जित्न सफल बने । यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए । वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पारिन् । यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
पोखरा २७ वैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त
पोखरा २७ बैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरामा बसेको सत्ताइसौ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी निकाय, व्यक्ति, संघ, संस्था, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चार माध्यम, सञ्चारकर्मी सहित मञ्चका सम्पूर्ण सदस्यप्रति हार्दीक आभार प्रकट गर्ने निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए ।… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड आज, पत्रकारको अवार्ड सागर राज तिमिल्सिनालाई, मेक्सम गौडेलले हसाँउने

सागर राज तिमिल्सिना
पोखरा, २३ बैशाख/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागर राज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन् । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफ एम, विग एफएम, एभिन्युज टेलिभिजन,… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक, तयारी पुरा

पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक, तयारी पुरा
पोखरा २१ बैशाख/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहिबार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक गरेको हो । अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, छेटौं संस्करणको पोखरा स्पोटर््स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गणेश बहादुर भट्टराई र पश्चिमाञ्चल खेलकुद विकास… पुरा पढौ

वर्ष उत्कृष्ट खेलाडी बन्न करण, गंगा र प्रदीपबिच प्रतिष्पर्धा

वर्ष उत्कृष्ट खेलाडी बन्न करण, गंगा र प्रदीपबिच प्रतिष्पर्धा
पोखरा २० बैशाख/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । उनीहरु तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधा तर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा… पुरा पढौ

रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड

रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड
पोखरा १८ बैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ । यसरी प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । उत्कृष्ट तीनको मनोनयनमा परेका रोजीना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ जिल्लाकी हुन् । बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने… पुरा पढौ

लाइफ टाइम अचिभमेन्ट अवार्ड विद्याप्रसाद मर्सानीलाई

विद्याप्रसाद मर्सानी
पोखरा १७ बैशाख/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । उपसमितिको सिफारिसलाई मञ्चको तेइसौं बैठकले अनुमोदन गरेको थियो । यस अगाडि कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर… पुरा पढौ

वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडमा किशोर, निरज र सुरज

वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडमा किशोर, निरज र सुरज
पोखरा १६ बैशाख/ गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेको छ । यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रम यहीं बैशाख २३… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक
पोखरा, १३ बैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको महासचिव राजाराम पौडेलले जनाए । जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप… पुरा पढौ