#पोखरा विश्वविद्यालय

पोखरा विश्वविद्यालयद्वारा ठूलो संख्यामा छात्रवृत्तिका लागि दरखास्त आव्हान

पोखरा, १० साउन/ पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो सङ्ख्यामा दरखास्त आव्हान गरेको छ । अनलाइन विधिबाट दरखास्त दिनसक्ने गरी विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरेको हो । विश्वविद्यालयमा सञ्चालित स्नातकतहका विभिन्न कार्यक्रममा १ हजार २ सय ९९ कोटाका लागि छात्रवृत्ति खुलाएको हो । विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गत सञ्चालित बिइ कम्प्यूटर, बिइ आर्किटेक्चर, बिइ सिभिल, बिइ सिभिल (रूरल), बिइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिइ इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन, बिइ सफ्टवेयर, बिइ आइटी र बिइ सिभिल डिप्लोमा होल्डर्स, बिसिए… पुरा पढौ

पोखरा विश्वविद्यालयका परीक्षा स्थगित

पोखरा, १० माघ/ कोरोनाका कारण पोखरा विश्वविद्यालयले माघ समान्तसम्म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले माघ १० गते देखी नै लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय अन्तर्गत माघ मसान्तसम्म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्मका लागि स्थगित गरिएको विज्ञप्ती परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेका छन् । पुरा पढौ