काठमाडौं, २० कात्तिक/ पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो नर्सले सुई मार्फत एन्टिबायोटिक औषधि दिएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो । ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको भन्दै चिकित्सकलाई हातपात समेत गरे । अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार उनीहरु…
पुरा पढौ