#पल शाह

पल शाहलाई उच्च अदालत पोखराले सफाइ दियो, भोलि रिहा हुने

पल शाह
पोखरा, १४ फागुन/ बाल यौन दुरुपयोगको मुद्दामा जेलमा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र सोमबार रिहा हुने बताए । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । फैसलाविरुद्ध सरकारी वकिल… पुरा पढौ

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

पल शाह
पोखरा, २३ माघ/ अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले पक्ष र विपक्ष दुबैलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले… पुरा पढौ

तनहुँ जिल्ला अदालतबाट पल शाहलाई सफाइ

पल शाह
तनहुँ, ४ माघ/ नाबालिका बलात्कारको आरोपमा मुद्धा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपुरले शाहलाई बलात्कार मुद्दामा सफाइ दियो… पुरा पढौ

पल शाहलाई पुर्पक्षको लागि थुनामै राख्ने उच्चको आदेश

पल शाह
पोखरा, १९ जेठ/ अभिनेता पल शाह पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले थुनामै राख्ने आदेश दिएको हो । एक नाबालिग गायिका बलात्कार मुद्दामा पल शाह ३ महिनादेखि जिल्ला कारागार कार्यालय तनहुँको थुनामा छन् । तनहुँको आदेशविरुद्ध १८ चैत… पुरा पढौ