पोखरा, १० साउन/ राणाकालमा तत्कालीन बडाहाकिम धन शम्सेरको निवासको रूपमा प्रयुक्त पोखरा महानगरपालिका वार्ड नम्बर २ स्थित यस भवन सेतो दरबारको नामले परिचित थियो । धन शम्सेर तंत्र बिद्याका ज्ञाता थिए । उनका छोरा हरिराजाका नामले पोखरामा प्रशिद्ध थिए । हरिराजाको वास्तविक नाम त्रैलोक्य नाथ शम्सेर राणा थियो । संगीत र नाटकमा उनको अभिरुचि थियो । त्यसैले धन शम्सेरको सेतो दरबार संगीत ,नाटक र तंत्रको त्रिवेणी थियो । सेतो दरबारमा नाटक प्रदर्शन गर्न रंगमन्च रहेको र नाटकहरु प्रदर्शन गरिएको थियो…
पुरा पढौ