#टेवान

टेवानको अध्यक्षमा शोभा पाण्डे निर्वाचित

टेवानको अध्यक्षमा शोभा पाण्डे निर्वाचित
पोखरा, २२ जेठ/ टेवानको चौथो अधिवेशनबाट शोभा न्यौपाने पाण्डे सर्वसम्मत् निर्वाचित भएकी छन् । लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील पाण्डे होटल एड्मायरकी संचालक हुन् । निवर्तमान अध्यक्षमा कमला गिरी, उपाध्यक्ष अनिता खड्का भट्टराई, महासचिव शोभा अधिकारी पौडेल, सचिव शान्ता सुवेदी तिमिल्सिना र कोषाध्यक्ष शारदा लम्साल चयन भए । वरिष्ठ सदस्यमा कमला गुरुङ छन् भने सदस्यमा मीना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की सर्वसम्मत् चयन भए । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । निर्वाचन समिति… पुरा पढौ

‘डिजिटल मार्केटिङ’ र कोरला नाका प्रवद्र्धनमा टेवान

‘डिजिटल मार्केटिङ’ र कोरला नाका प्रवद्र्धनमा टेवान
मुस्ताङ, ३० फागुन / फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस । मुस्ताङका यी उत्पादन जिल्लामै खपत हुन्छन् । यी उत्पादनलाई जिल्ला बाहिर प्रवद्र्धन गर्न मुस्ताङका महिला उद्यमीले चासो दिएका छन् । बजारीकरणका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सहयोग गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको चार दिवसीय कार्यक्रम अन्तर्गत टेवानले मुस्ताङका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’ सम्बन्धी तालिम प्रदान ग¥यो । फागुन २४ मा पहिलो दिन म्याग्दीको बेनी नारी दिवसका अवसरमा आयोजित अन्तरक्रियामा सहभागी भएर… पुरा पढौ

पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड

पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड
मुस्ताङ, २६ फागुन/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) द्वारा मुस्ताङमा आयोजित स्थलगत भ्रमण, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा पोखरा र मुस्ताङ बीचको पर्यटकीय साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताए । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले पोखराबाट मुस्ताङ पर्यटकीय रुपमा लाभान्वित बन्दै आएको बताउँदै साझेदारीका माध्यमबाट दुबै स्थानका पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । “मुस्ताङका स्थानीयवासी ʿअतिथि… पुरा पढौ

पर्यटन प्रवद्र्धनका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदै टेवान

पर्यटन प्रवद्र्धनका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदै टेवान
पोखरा, २४ फागुन/ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)ले म्याग्दी तथा हिमाल पारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहित ३२ जनाको सहभागिता रहेको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिनुभयो । कोरोना लगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले यस क्रममा स्थानीय… पुरा पढौ

माछापुच्छे« गाउँपालिको मिर्सा गाउँ प्रवद्र्धनमा टेवान

माछापुच्छे« गाउँपालिकाको मिर्सामा पुगेका पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) का प्रतिनिधि ।
पोखरा, २९ माघ/ पोखराबाट नजिकको गन्तव्य भएर पनि ओझेलमा परेको पर्यटकीय गाउँ मिर्साको प्रवद्र्धनमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) जुटेको छ । टेवानले माछापुच्छे« गाउँपालिका–१ मिर्सामा माघ २७ र २८ मा होमस्टे प्रवद्र्धन कार्यक्रम गरेको हो । दुई दशकअघि सुरु भएको मिर्सा सामुदायिक होमस्टेले ०७५ मा आधिकारिकता पायो । मिर्सामा हाल १३ घरमा होमस्टे छन् । होमस्टेले ५० जनासम्म पाहुना थेग्छ । पोखराबाट मोटरमा एक घण्टामै पुगिने मिर्सा गाउँमा झुरुप्प परेको गुरुङ बस्ती छ । स्थानीय परिकारको स्वाद र… पुरा पढौ

टेवानको अध्यक्षमा कमला गिरी चयन

टेवानको अध्यक्षमा कमला गिरी चयन
पोखरा, १२ पुस/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहनुभएको छ । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहनुभएको छ । सदस्य ईश्वरी पौडेललाई समितिको कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई… पुरा पढौ