पर्यटन प्रवद्र्धनका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदै टेवान

-


     क्लिक गण्डकी     
     फागुन २४ गते २०७९ मा प्रकाशित


पर्यटन प्रवद्र्धनका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदै टेवान

पर्यटन प्रवद्र्धनका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदै टेवान

पोखरा, २४ फागुन/ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)ले म्याग्दी तथा हिमाल पारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहित ३२ जनाको सहभागिता रहेको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिनुभयो ।

  कोरोना लगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले यस क्रममा स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिबृद्धि लगायतका कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

  कार्यक्रमका क्रममा युवा तथा महिला उद्यमीलाई लक्षित गरी म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमन्थाङमा क्षमता अभिबृद्धि तालिम एवम् अन्तरक्रिया गर्ने जनाइएको छ । नेपाल र चीनबीचको सीमा नाका कोरला नाकसम्मको प्रवद्र्धनात्मक भ्रमणका क्रममा धार्मिक एवम् ऐतिहासिक स्थलहरू मुक्तिनाथ, गुम्बा आदिकोे प्रवद्र्धन गरिने गिरीले जानकारी दिनुभयो ।

  कार्यक्रम अन्तर्गत स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिबृद्धि, डिजिटल मार्केटिङ तालिम एवम् स्थानीय उत्पादनको ब्राण्डिङ र घरवास प्रवद्र्धन गरिने कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिनुभयो ।



Tags: